बारामा चिनी मिलद्वारा उखु क्रसिङ सुरु



कलैया । बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले  उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ ।

उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा,पर्सा जिल्लाका कृषकले करिब चार हजार २५६ बिगाहा जमिनमा उत्पादित  उखु खरिद गरी करिब ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य उद्योगले लिएको र १३ ठाउँमा उखु खरिद केन्द्र राखिएको छ ।

सो उद्योगले गत वर्ष  २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकामा १८ लाख १२ हजार ३१३ क्विन्टल उखु क्रसिङ गरी एक लाख ७५ हजार ६३९ क्विन्टल चिनी उत्पादन गरेको थियो । रासस


क्लिकमान्डु