सुरु भयो फुटवयेर विजनेश एक्स्पो, १५ देखी ७५ प्रतिशत सम्म छुट




नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०७३ आजदेखि शुरु भएको छ ।

मेलाको सुरुवात स्वस्थ्य मन्त्री गगन थापाले गरे । राजधानीको भृकृटीमण्डपमा नेपाली जुत्ताघरको आयोजनामा बिगसेल मेला सुरु भएको हो ।

यस अघि ४ पटक यस्तो मेला सफलता पूर्वक सम्पन्न भईसकेको छ । यस मेलामा जुत्ता तथा चप्पलहरुमा १५ देखी ७५ प्रतिशत सम्मको बिशेष छुटको व्यवस्था गरिएको छ ।

मेलामा नेपालमा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, टाकुरा सुज, शु ल्याण्ड, फुटल्याण्ड र ईजी सुज गरि ९ वटा ब्राण्डका जुत्ता चप्पलहरु सेलमा राखिएका छन् ।

आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु समेत उपलब्ध छन् । यो बिगसेल मेलामा करीव २ लाखको हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करीव २५ दखी ३० हजार जोर जुत्ता चप्पल हरु बिक्रि हुने अपेक्षा आयोजकले राखेका छन् ।


क्लिकमान्डु