यी हुन् संसारमै सबैभन्दा बढी बिक्री हुने ब्रान्ड



काठमाडौं । प्रत्येक बर्ष ‘कान्तर वल्र्ड प्यानल’ नामक अनुसन्धान कम्पनीले बिश्वमा सबैभन्दा बढी बिक्रीहुने ५० ब्रान्डको सूची प्रकाशित गर्ने गर्छ ।

कति घरपरिवारले कुन मात्रामा र कति समयमा ती ब्रान्ड खरिद गर्छन भन्ने कुरालाई आधार बनाएर उक्त अध्ययन गरिएको थियो ।

अध्ययनको उदेश्य स्थानीय स्वाद, ट्रेण्ड र उपभोक्ताको बानी व्यवहारको पनि अध्ययन गर्नु थियो । सो अध्ययनले ४४ देशका र कुल विश्व जनसंख्याको ७४ प्रतिशत हिस्सा ओगटेको थियो । ब्रान्डको प्रयोगमा उदयीमान अर्थतन्त्रका जनता अगाडि देखिएका छन् । सो सूचीबाट बिश्वमा सबैभन्दा रुचाइएका ब्रान्डहरु निम्न प्रकार छन् ।

१०. डोभ-यो स्वास्थ्य र सौन्दर्य सम्बन्धि समग्री युनिलिभरको उत्पादन हो ।
९. नोर-यो खाद्य तथा पेय ब्रान्ड पनि युनिलिभरको उत्पादन हो ।
८. इन्डोमी- इन्डो फुडको यो चाउचाउ एसिया तथा युरोपमा समेत रुचाइन्छ ।
७. नेस्क्याफे-यो नेस्लेको कफि ब्रान्ड बिश्वब्यापी रुपमा रुचाइएको ब्रान्ड हो ।
६. पेप्सी-पेप्सीको को यो उत्पादन कतिपय देशहरुमा कोक भन्दा बढि रुचाइन्छ ।
५. लेज- पेप्सीको को यो ब्रान्ड बार्षिक रुपमा २ करोड ५० लाख घरधुरीमा पुग्ने गर्छ ।
४. म्यागी- तयारी चाउचाउको को यो ब्रान्ड भारतमा बढि प्रचलित छ ।
३. लाइफबोइ- यो ब्रान्ड युनिलिभरको स्वामित्वमा रहेको छ । यो संक्रमण रहित नुहाउने साबुनको रुपमा चर्चित छ ।
२. कोलगेट- यो उत्पादन कोलगेट – पालमोनिभ कम्पनी को हो । यो दन्तमञ्जन ४ करोड घरघुरिमा प्रयोग हुन्छ ।
१. कोकाकोला- कोकाकोला कम्पनीको यो पेय पर्दाथ संसारमै सबैभन्दा चर्चित र प्रयोग हुने पेय हो ।


पुष्प दुलाल