नेप्सेमा १७ अंकको वृद्धि, लगानीकर्ता उत्साहित



काठमाडौं । साताको पहिलो दिन देखि उकालो लाग्न सुरुभएको नेप्से परिसुचक साताको दोश्रो दिन १७.१३ अंकले बढेको छ । सेयरको मुल्य घटेर आत्तियका सेयर धनीहरुलाई हिजो र आज नेप्सेमा देखिएको हरियो परिसुचकले राहात दिएको छ ।

कारोबार बन्द हुँदा नेप्से परिसुचक १७.१३ बढेर १४ सय ८२ अंकमा अडेको हो ।

सोमबार बजारमा १ सय ३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । आज ५१ करोड ४९ लाखको कारोबार भएको हो ।

होटल समूह बाहेक आज कारोबार भएका सबै करोबारीको परिसुचक उकालो लागेका छन् । सबैभन्दा बढि बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । होटल समूहको ६.३७ अंकले ओरालो लागेको हो ।


क्लिकमान्डु