इन्टेक्सका ५० बिक्रेता थाइल्याण्ड भ्रमणमा



काठमाडौं । भारतीय मोबाइल कम्पनी इन्टेक्सका लागि नेपालको आधिकारिक वितरक सीजी इम्पेक्स् प्रालिले देशभरका उत्कृष्ट ५० बिक्रेता तथा कर्मचारीलाई थाइल्याण्ड पठाएको छ ।

इन्टेक्स मोबाईल कम्पनीका मोबाईलको स्कीमअनुसारको लक्ष्य पूरा गर्दै सबैभन्दा धेरै बिक्री गर्ने देशभरका उत्कृष्ट ५० जनालाई ४ रात ५ दिनको लागि थाइल्याण्डको बैंकक र पटायामा बिक्रेताहरुको भेला र भ्रमणका लागि पठाएको हो ।

थाइल्याण्ड पठाएका बिक्रेता तथा कर्मचारीहरुले भेला र भ्रमणपछि बिक्री वितरण तथा बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इन्टेक्स स्मार्ट फोनको बजार व्यवस्थापन हेर्ने कुसुम लामा योन्जनले जानकारी दिईन् ।


क्लिकमान्डु