खानीखोलाको साधारण सेयर सूचीकृत, उत्पादित बिजुली केन्द्रीय प्रसारण लाईनमा जोडिएन




काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ ।

स्टक एक्चेन्जका अनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको हो । ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका लागि स्टकमा निवेदन दिएको थियो ।

प्रसारण लाइनको अभावमा ती आयोजनाबाट उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।


क्लिकमान्डु