यी हुन् ऋण दिन पैसाको अभाव नभएका बैंकहरु



काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत नजिक पुगेपछि बैंकहरुले निक्षेप तान्नको लागि आकर्षक ब्याजदरको योजना ल्याएका छन् ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैकमध्ये केही बैंकसँग भने अहिले पनि पर्याप्त तरलता छ । सरकारी लगानी लगानीको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक तथा निजी क्षेत्रको स्टान्डर्ड चार्टर्ड, नबिल बैंक पर्छन् । प्रभु बैंकपनि अरुको तुलनामा तरलताको स्थितीमा केही सहज स्थितिमा रहेको छ ।

बैंकहरुको सिडी रेसियोको आधारमा तरलताको अवस्था मुल्यांकलन गर्न सकिन्छ । राष्ट्र बैंकले सिडी रेसियो ८० प्रतिशतभन्दा बढी गर्न नहुने नियम बनाएको छ । सिडी रेसियो ८० को नजिक पुगेका बैंकहरुमा तरलता समस्या रहेको हुन्छ भने त्यो अनुपात कम रहेका बैंकहरुमा तरलता अनुपात बढी हुन्छ ।

ऋण लिनको लागि अहिले ग्राहकले तरलता सहज भएका बैंकमा जाँदा हुन्छ । निक्षेप राख्नका लागि तरलताको दृष्टिकोणले असहज रहेका बैंकमा जाँदा फाइदा हुन्छ ।

उदाहरणको लागि तरलता समस्या नभएको स्टान्डर्ड चार्टर्ड बैंकले घर निर्माणको लागि दिने ऋणको ब्याजदर ०.२५ प्रतिशतले कटौती गरेर ७.२५ प्रतिशतमा ऋण दिने योजना ल्यायो । तर, जनता बैंकले निक्षेप तान्नको लागि १० प्रतिशत ब्याजदरमा १०० दिने मुद्दति निक्षेपको योजना ल्यायो ।

अहिले तरलता अभाव भएका बहुसंख्यक बैंकले अल्पकालिन प्रकृतिको निक्षेप तान्ने योजना ल्याएका छन् । अल्पकालिन अवधीको फाइदा उठाउनको लागि निक्षेपकर्तालाई तरलता अभाव भएका बैंकमा निक्षेप राख्दा फाइदा हुन्छ । यस्तै ऋण लिनको लागि भने तरलता समस्या नभएका बैंकहरुमा जादा फाइदा हुन्छ ।

संचालनमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी तरलता भएको बैंकमा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । असोज मसान्तको तथ्यांक अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ५८ प्रतिशत थियो । सबैभन्दा बढी निक्षेप एक खर्ब ४१ अर्ब रुपैयाँ छ भने ऋण जम्मा ८६ अर्ब रुपैयाँ छ । बैंकमा साधारण बचत खातबाट मात्र ९१ अर्ब रुपैयाँ निक्षेप छ भने मुद्दती निक्षेपबाट १२ अर्ब रुपैयाँ निक्षेप छ ।

त्यसैगरी, तरलताको दृष्टिकोणले सहज स्थितीमा रहेको अर्को बैंक हो नेपाल बैंक । असोज मसान्तसम्ममा नेपाल बैंकको सीडी रेसियो ७०.२८ प्रतिशत छ । ७२.०४ प्रतिशत सीडी रेसियो रहेको स्टान्डर्ट चाटर्ड बैंक तरलताको दृष्टिकोणले तेस्रो स्थानमा आउँछ । नबिल, प्रभु र प्राइम बैंकपनि तरलताको दृष्टकोणले सहज स्थितीमा रहेको देखिन्न्छ । सीडी रेसियो ७५ प्रतिशतसम्म बैंकलाई तरलताको दृष्टिकोणले सहज रुपमा रहेको मान्न सकिन्छ ।

तरलतको समस्या भने सबैभन्दा बढी अहिले नयाँ बैंकहरुलाई परेको छ । उदाहरणको लागि जनता बैंक लिन सकिन्छ । जनताले अल्पकालिन अवधीको लागि निक्षेपको १० प्रतिशत ब्याजदरमा निक्षेप लिने योजना बनाएको छ ।

सरकारी बैंक तथा निजी क्षेत्रका पुराना बैंकहरु अरुको तुलनामा तरलताको स्थितीमा सहज स्थितीमा हुन्छन् । ऋण लिनको लागि अहिले ग्राहकले तरलता सहज भएका बैंकमा जाँदा हुन्छ ।

त्यसैगरी, निक्षेप राख्नका लागि तरलताको दृष्टिकोणले असहज रहेका बैंकमा जाँदा फाइदा हुन्छ । कुनै बैंकमा तरलता अभाव हुने र कुनैमा सहज हुने यसको फाइदा भने उपभोक्तालाई भएको छ ।

सम्बन्धित समाचारहरु

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस् 

तरलता अभावको प्रभाव: निक्षेपको ब्याजदर १० प्रतिशत पुग्यो 

बैंकिङ क्षेत्रमा तरलता अभावको जोखिम झन् बढ्यो


पुष्प दुलाल