धनगढी क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी धनराशी खर्च हुँदै



काठमाडौं । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र कप्तानको घोषणा भएको छ ।

आगामी चैत ५ देखि १९ गतेसम्म धनगढीमा प्रतियोगिता लाई सगरमाथा सिमेन्टले प्रायोजन गर्नलागेको हो । सगरमाथा सिमेन्टले बिगत ४ बर्षदेखि यो प्रतियोगिता प्रयोजन गर्दै आइरहेको छ ।

प्रतियोगिताका लागि सीबाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढी गरी छ टिम छनोट भएका छन् ।

खेलाडी अनुबन्धका लागि कप्तानबाहेक प्रत्येक टिमले बढीमा सात लाखसम्म खर्च गर्न सक्नेछन् । विजेताले १५ लाख पाउनेछ भने उपविजेताले ७ लाख पाउनेछ ।

लक्की ड्रबाट कप्तान छनोट गरिएको थियो । कप्तानको रुपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन र विनोद भण्डारी एक एक वटा टिमबाट खेल्ने छन् । उनीहरुले पारिश्रमीक बापत समान १ लाख ५० हजार पाउनेछन् ।

धनगढी प्रिमियर लिगका लागि दर्ता गराएका २६० खेलाडीमध्येबाट २१७ जना छनौट भएका छन् र किनबेचका लागि २३ गते अक्सन हुनेछ । कुनैपनि टिममा नपरेका खेलाडीको दर्ताशुल्क फिर्ता गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । खेलाडी दर्ताका लागि १५०० शुल्क निर्धारण गरिएको थियो ।

नेपाल क्रिकेट प्लेयर्स एशोसिएसनसँगको सहकार्यमा खेलाडीहरुलाई चार समूहमा बर्गीकरण गरिएको छ । जसमा राष्ट्रिय टोलीमा रहेका र देशका लागि १५ भन्दा बढी खेल खेलेका क्रिकेटरको न्यूनतम मूल्य ५० हजार राखिएको छ ।

१५ भन्दा कम खेल खेलेका तथा यू-१९ क्रिकेटरको ३० हजार र पूर्व यू-१९, यू-२३, यू-१७, यू-१६ र यू-१५ खेलाडीको न्यूनमत मूल्य २५ हजार राखिएको छ । राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरुको न्यूनतम मूल्य २० हजार छ ।

खेलाडी अनुबन्धका लागि कप्तानबाहेक प्रत्येक टिमले बढीमा सात लाखसम्म खर्च गर्न सक्नेछन् । विजेताले १५ लाख पाउनेछ भने उपविजेताले ७ लाख पाउनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पुरस्कार पाउनेछन् भने म्यान अफ द सिरिजले टिभिएस अपाचे मोटरसाइकल पुरस्कार पुरस्कार पाउनेछन् ।


क्लिकमान्डु