व्यवसाय गर्ने दृष्टिकोणले नेपालको अवस्था भारतभन्दा राम्रो



काठमाडौं। व्यवसाय गर्ने वातावरणमा नेपालको अवस्था भारतको भन्दा राम्रो देखिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ड्इङ बिजनेश रिपोर्ट २०१७ अनुसार नेपाल विश्वमा एक सय ७ औ स्थानमा रहेको छ । भारत नेपालभन्दा तीन तह तल रहेको छ । भारत व्यवसाय गर्ने उत्कृष्ट वातावरण भएको देशमा एक सय १० औ स्थानमा पर्छ ।

भारतभन्दा व्यवसाय गर्ने वातावरणमा राम्रो भएपनि नेपालको अवस्था भने अघिल्लो वर्षको भन्दा खस्केको छ । विश्व बैंकले सार्वजनिक गरेको सूचिमा नेपाल १ सय ७ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल एक सय स्थानमा रहेको छ ।

अघिल्लो वर्षको तुलनामा नेपालको अवस्था खस्केपनि दक्षिण एशियामा भने व्यवसाय गर्ने वातावरणको देशमा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भुटान ७३ औ स्थानमा रहेको छ ।


क्लिकमान्डु