नेपाल–इजिप्ट चेम्बर अफ कमर्स एन्ड र इण्डस्ट्रिज गठन



काठमाडौं । नेपाल र अफ्रिकन मुलुक इजिप्टवीचको व्यापार आदानप्रदान गर्ने र दुईदेशको आर्थिक विकासमा महत्वपुर्व योगदान पुर्याउने उदेश्यकासाथ नेपाल इजिप्ट चेम्वर अर्फ कमर्स एण्ड इन्डस्ट्रिज गठन गरिएको छ । अफ्रिकाको सवैभन्दा ठूलो आर्थिक समुन्नत राष्ट्र इजिप्टसंग द्धिराष्ट्रिय उद्योग वाणिज्य संघ गठन हुनु आफैमा गर्वको विषय वनेको नेपाल इजिप्ट चेम्वर अफ कमर्स एण्ड इन्डट्रिजका अध्यक्ष अखिलकुमार चापागाईले वताए ।

कार्यक्रममा उद्योग मन्त्री नविन्द्र राज जोशीले पछिल्लो  पटक अन्तराष्ट्रिय मुलुकहरुसंग भइराखेको दुई देशिय चेम्वर गठन प्रकृयाले नेपाल र अन्य मुलुकसंगको व्यवसायिक भ्रमण आदान प्रदानदेखि वैदेशिक लागानी भित्र्याउने सवालमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले चेम्वरको भूमिका अझ सशक्त  रहने वताए ।

नेपालको इजिप्टसंगको व्यापारघाटा वर्षेनी बढ्दै गएको छ । नेपालाले सन २०१६ को पहिलो ६ महिना १ लाख १६ हजार रुपैंया बराबरको निकासी गरेको छ भने आयात एक अर्व २८ करोड असी लाख २७ हजार रहेको छ ।

इजिप्टसंगको समग्र व्यापार घाटा भने ९९ करोड ९६ लाख रहेको छ । नेपाल र इजिप्टबिच कुटनितिक सम्बन्ध सन् १९५७ मा भएको थियो नेपालबाट चिनि ,कनफेक्सनरि ,कार्पेट, मखलर ,स्काफ उलन सल, लगाएतका सामाग्री हरुको निकासि हुने गरेको छ भने इजिप्टबाट क्रुड,पेटोलियम पदार्थ, भिडियो, वायर लगायतका सामानहरु आयात हुने गरेको छ ।


क्लिकमान्डु