यसरी निर्माण भइरहेको छ, भैरहवा – बुटवल जोड्ने ६ लेन सडक




फराकिलो सडक, दुवैतिर हरियाली र सडकको वीचमा डिभाइडर, जुन भैरहवा बुटवल जोड्ने बिस्तार हुँदै गरेको सडकखण्डकोे प्राबिधीक डिजाइन हो ।

सडक निर्माणको काम अहिले वेलहिया र बुटवल गरि दुवै क्षेत्रबाट धमाधम भइरहेको छ ।

निर्माण सम्पन्न भएपछि यस्तो हुने छ ।


सडकमा निर्माण गरिएको वीचको डिभाइडरमा रंगी विरंगी फुल रोपिनेछ भने आवश्यक स्थानमा प्रष्ट बुझिने ट्राफिक चिन्ह, बिचमा सेतो घेरा, छेउंछाउंमा आवश्यक अनुसार पहेंलो रेखा कोरिने छ ।

भैरहवा बुटल औद्योगिक करिडोरमा पर्ने यो सडक विस्तारपछि नेपाल भारत व्यापार विस्तारमा थप सहजीकरण हुने विश्वास व्यवसायीहरुले लिइएका छन् ।

आयोजनाले तयार गरेको नक्सा अनुसार बुटवल–भैरहवा सडकलाई रुख रोपेर ‘ग्रिन रोड’ बनाइने छ ।
भैरहवा सडक निर्माण सम्पन्न गर्न ३ अर्ब भन्दा बढी खर्च लाग्ने छ ।


क्लिकमान्डु