ब्रोकर एसोसिएसनमा पुनः रेग्मी, सबै पद सर्बसम्मत



ब्रोकर एसोसियसन अफ नेपालको साधारण सभाले प्रियराज रेग्मीको अध्यक्षतामा १० ससदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

पुस २३ गते भएको साधारण सभाले उपाध्यक्षमा भरत रानाभाट, महासचिबमा सन्तोष मैनाली र कोषध्यक्षमा धर्मराज सापकोटालाई चयन गरेको एसोसियसनले जारीगरेको विज्ञप्तीमा जनाईएको छ ।

त्यसैगरी सदस्यहरुमा राजकुमार तिमिलिसना, बिनोद ढकाल, सन्तोष पौडेल र संजिला अर्याल निर्वाचित भएका छन् ।

साधारण सभाको उत्घाटन सत्रमा डा. पुष्कर बज्राचार्यले ‘नेपाली पुँजीबजारः सम्भावना, चुनौति र अबको बाटो’ बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । भने प्रकाश ज्वाला, डा. पुण्यप्रसाद रेग्मी, डा. रेवत बहादुर कार्की लगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।


क्लिकमान्डु