६ अंकले घट्यो नेप्से, होटल समूहमा ३३ अंकको वृद्धि, ४१ करोडको कारोबार




काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ६.६९ अंकले घटेर १४४७.४५ अंकमा अडेको छ ।

आज १ सय ३१ कम्पनीको १७ लाख ३८ हजार ९ सय ६२ कित्ता सेयर किनबेच भएको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा सबै समूहको परिसूचक ओरालो लागेको अवस्थामा होटल समूहको परिसूचक ३३.२२ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११.१७ अंकले घटेको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै २६५४ प्रति कित्ता सेयर कारोबार भएको थियो ।


क्लिकमान्डु