कस्तो होला लुटेराहरुको सेयर बजार ? यस्ता छन् सेयर बजार बारे ७ रोचक तथ्य



शेयर बजारका लगानीकर्ताहरु हरेक समय शेयरमा भएको उतार चढावलाई नजिकबाट नियालीरहेका हुन्छन् । अझ पनिहरु विश्वको शेयर बजारको अवस्था र ट्रेण्ड कस्तो छ भनेर जान्न चाहन्छ । आम मानिसहरुलाई पनि शेयर बजारको बारेमा चासो र रुची हुनसक्दछ । तर धेरै मानिस र शेयर कारोबारीहरुलाई शेयर बजारको बारेमा प्रयोगमा आएका शब्द र विषयहरुको बारेमा थाहा छैन् । हेरौं शेयर बजारका केहि अनौठा जानकारीहरु-

१. सेयर बजारमा बढ्दो र घट्दो ट्रेण्डलाई बुल र बियर भन्ने चलन क्यालिर्फोनियाका घोडचढिहरुले शुरु गरेका हुन् । उनीहरु भालू र साँडेलाई लडाउने गर्थे । लडाँईमा भालूले तल पर्छान खोज्ने र साँडेले सिङले माथि हुत्याउन खोज्ने हुनाले सेयर बजारमा पनि घट्दो बजारलाई बियरिस र बढ्दो बजारलाई बुलिस भन्ने चलन बस्यो ।

२. सन् २००५ मा जापानका एक अनुभवहीन सेयर कारोबारीले १ कित्ता सेयर ६ लाख ४० हजार जापनिज येनमा बेच्नु पर्नेमा ६ लाख ४० हजार कित्ता सेयर १ जापनिज येनमा बेचेका थिए । अर्थात, उनले ३ अर्ब अमेरिकी डलर बराबरको सेयर ५ हजार अमेरिकी डलरमा बेचेका थिए ।

३. टाकासी कोटेगवा नाम गरेका २१ बर्षीय एक जापानी सेयर लगानीकर्ताले ८ बर्षको उनको कारोबारका दौरान १३ हजार ६ सय अमेरिकी डलरलाई १५ करोड ६ लाख डलरमा बदले । उनले यो ८ बर्षको समयमा तिनै छाक रामेन नामको चाउचाउ मात्र खाएका थिए । यसले उनको समयको बचत गरेको र निन्द्रासमेत कम लाग्ने उनको तर्क थियो ।

४. वाल्ट डिज्नीले आफ्नो घरेलु कामदार महिलालाई प्रत्येक बर्ष बिदामा जानका लागि डिज्नीको सेयर दिने गर्थे । ती महिला मृत्यु अघि करोडपति भएर मरिन् ।

५. स्टिभ जब्स र स्टिभ वज्नाइकसहितका एप्पलका संथापक रोनाल्ड वायेनले सन् १९७६ मा आफ्नो भागको एप्पलको सेयर ८ सय डलरमा बेचेका थिए । आज उनको त्यो १० प्रतिशत सेयरको बजार मुल्य ३५ अर्ब डलर बराबर छ ।

६. सन् १६०२ मा स्थापना भएको डच इस्ट ईन्डिया कम्पनी संसारकै पहिलो बहुराष्ट्रिय कम्पनी हो । यो बिश्वमै सबैभन्दा पहिला सेयर जारी गर्ने कम्पनी हो ।

७. सोमालियामा ‘समुद्रिक डाँका (पाइरेट्स) हरुको सेयर बजार’ छ । सो सेयर बजारमा सर्वसाधारणले डाँकाहरुले लुट्नु अघि लगानी गर्न सक्छन् र लुट सफल भए पछि लगानी अनुसारको नाफा पाउँछन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु