सन् २०२० सम्म पर्यटनबाट हजार अर्ब डलर आम्दानी गर्ने चीनको लक्ष्य




काठमाडाैं । चीनले सन् २०२० सम्ममा पर्यटनलाई प्रमुख आयस्रोतको रुपमा अगाडी सार्ने भएको छ । निर्यातमुखी अर्थतन्त्रबाट बिश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको चीनले अबको चार बर्ष भित्र हजार अर्ब अमेरिकी डलरको आम्दानी पर्यटनबाट गर्ने लक्ष लिएको छ ।

गत बर्ष चीनले सो क्षेत्रबाट ६ सय अर्ब डलर आम्दानी गरेको थियो । सन् २०२० सम्ममा पर्यटनले चीनले कुल ग्राहस्थ उत्पादनको १२ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएको छ ।

यसका लागि चीनले पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्नुको साथै यातायात लगायतका पुर्वाधारको सुधारमा पनि जोड दिएको छ । चीनले हरित पर्यटनलाई पनि बिशेष जोड दिएको छ ।

चीनले आन्तरिक पर्यटनको प्रर्वधनका लागि पनि मेनल्यान्ड र हङकङ, मकाउ, ताइवानका बिच पनि समन्वय गरिरहेको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु