उद्योग सचिव भन्छन्ः निर्यात प्रत्सोहन भत्ता बढाउन पहल गर्छु




काठमाडौं । उद्योग सचिव शंकर कोइरालाले आगामी बजेटमा प्रोत्साहन भत्ता बढाउन पहल गर्ने बताएका छन् । अरु देशको तुलनमा नेपालका हस्तकला उद्योगीहरुको प्रोत्सान भत्ता कम रहेकाले आगामी बजेटमा प्रोत्सान भत्ता बढाउन पहल गर्ने उनले बताएका हुन् ।

नेपाल हस्तकला महासंघको ३६ औं वार्षिक साधारणसभामा उनले प्रोत्साहन भत्ता बढाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिर्वद्धता जाहेर गरेका हुन् ।
‘हस्तकला उद्योगहरुले नेपालको संकृति र परम्परा बचाउँदै आएको हुनाले उद्योग मन्त्रालयले हस्तकला व्यवसायलाई महत्वपूर्ण स्थानमा राखेर चासो दिँदै आएको छ, उद्योग मन्त्रालयले विभिन्न सहयात्री संघसंस्थासँग सहकार्यमा नीतिगत निर्णय गर्दै आएको र केहीमा सफलता मिल्लै आएको छ,’ उनले भने ।

ठूला उद्योगहरुलाई औद्योगिक वातावरण श्रृजना गर्ने र साना उद्योगहरुलाई संरक्षण र प्रवद्धर्न गर्दै लाने उद्योग मन्त्रालयको रणनीति रहेको सचिवले कोइरालाले बताए ।

सरकारले अहिले हस्तकला निर्यात व्यवसायीहरुलाई २ प्रतिशत प्रत्साहन भत्ता दिँदै आएको छ । नेपालको कुल निर्यातको २५ प्रतिशत हिस्सा ओगेटेको हस्तकला व्यवसायलाई दिँदै आएको प्रत्साहन भत्ता कम रहेको भन्दै ब्यवसायीहरुले भत्ता बढाउन माग राख्दै आएका छन् ।


क्लिकमान्डु