फाइनान्स कम्पनीले फागुनदेखि आस्बा प्रणालीमा सहभागी हुन पाउने




काठमाडौं । फाइनान्स कम्पनीहरु पनि ‘एप्लिकेसन सपोर्ट बाइ ब्लक्ड अमाउन्ट (आश्बा)’ प्रणालीमा सहभागी हुन पाउने भएका छन् । धितोपत्र बोर्डले बाणिज्य बैंक र विकास बैंकलाई मात्रै सो प्रणालीमा सहभागी हुने गरी नियम बनाएको भन्दै फाइनान्स कम्पनीहरुले आपत्ति जनाएपछि धितोपत्र बोर्डले यस्तो ब्यवस्था गरेको हो ।

बोर्डले आगामी फागुन महिनादेखि फाइनान्स कम्पनीलाई पनि आस्बा प्रणालीमा सहभागी गराउने निर्णय गरेको छ । बोर्डले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो ।

‘फागुन महिनादेखि फाइनान्स कम्पनीलाई पनि आस्बा प्रणालीमा सहभागी गराउने भएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै बोर्डले आगामी १ माघदेखि आस्बा प्रणाली स्वेच्छिक रुपमा कार्यान्वयन गर्ने भएको छ । १ माघदेखि आस्बा प्रणाली वा अहिलेकै प्रणाली अनुसार पनि प्रक्रिया अगाडि बढाइने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

‘१ माघदेखि हामीले ‘पाइलटिङ’को लागि कार्यान्वयन गरेको हो, त्यसबाट आउन सक्ने समस्या र देखिने जोखिमकोस्तर हेरेर अनिवार्य गर्ने मिति पछि तय गरिन्छ,’ बोर्डका कार्यकारी निर्देशकसमेत रहेका गिरीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु