६६ औं चेम्वर दिवस मनाइयो, कुलमान सम्मानित




नेपाल चेम्बर अफ कमर्सको ६६ औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत र चीनको बिचमा त्रिदेशीय साझेदारीमा सरकार लागेको बताएका छन् ।

प्रमुख अतिथिरुपमा आफ्नो मन्तव्य राख्दै उनले ‘नीजि क्षेत्रको सेवा सुविधाका लागि सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।’ सरकारले निजी क्षेत्रको माग अनुसार नै औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून पारित गरेको बताए ।

प्रकृतिले हामीलाई धेरै चिज दिएको छ, हिमाल, पहाड र मधेसलाई मिलाउँदै उद्योग व्यवसायलार्ई अघि बढाउन आवस्यक सबै ऐन सरकारले ल्याउने तयारी सरकारले गरेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठलगायतले औद्योगिक वातावरण बनाउन सरकारसँग माग गरेका थिए ।

कुलमानलाई सम्मान
लोडसेडिङ अन्त्यगर्न कुशल व्यवस्थापकको भुमिका निर्वाह गरेको सम्मान अनुरुप नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले अवार्डसहित उनलाई सम्मान गरेका हुन् ।


क्लिकमान्डु