सिआटीले मोवाइल एप सेवा शुरु गर्याे



काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा शुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन ।

सिआइटी मोवाइल एपको सेवा सुरु गर्दै सचिव खनालले यसले सेवाग्रहीको समय बचत र प्रशाशनिक झन्झट हटाएको धारणा राखे । उनले कोषका सेवाग्रहीले सचेत भएर एप्सको अधिक प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको जिकिर गरे । उनले भने, ‘सेवाग्राही जति चनाखो भएर लाग्छन, हामी त्यतिकै चनाखौ हुन्छौ ’।

कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरीसकेको बताउदै सिआटी मोवाइल एपको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने धारणा राखे । कोषले आफनो सेवालाई सूचना मैत्री बनाउदै लगेको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।

कोषका सूचना अधिकृत उद्धव सिलवालले कोषले संचालन गर्ने बिभिन्न कार्यक्रमहरु कर्मचारी बचतवृद्धि स्विकृत अवकाश कोष, निजामती सावधिक जीवन बीमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरीे र नार्क सावधिक जीवन वीमा अन्तर्गत जम्मा भएको रकमको स्टेटमेन्ट र ऋण सापटि तथा बचत रकमको स्टेटमेन्ट सिआइटी मोवाईल एपमार्फत हेर्न सकिने ब्यवस्था मिलाएको जानकारी दिए ।


क्लिकमान्डु