सिआइटी मोवाइल एप सेवा सुरु



काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन ।

सिआइटी मोवाइल एप सेवाको सुरुवात गर्दे सचिव खनालले यसले सेवाग्रहीको समय बचत हुने र प्रशाशनिक झन्झट हटाउन प्रभावकारी हुने बताए । सेवाग्रहीले सचेत भएर एप्सको अधिक प्रयोग गर्नुपर्ने पनि उनले बताए ।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष महाश्रम शर्माले कोष सेवाग्रहीको सुझाव अनुसार चल्ने संस्था भएको धारणा राखे । ‘सेवाग्राही जति चनाखो भएर लाग्छन, हामी त्यतिकै चनाखौ हुन्छौ,’ उनले भने ।

कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले यो भन्दा अघि सिआइटी एसएमएस सेवा सुरु गरिसकेको स्मरण गर्दै सिआटी मोवाइल एपको सेवाबाट कोषमा सहभागी सबै सेवाग्राहीले आफनो मोवाइलबाटै सबै जानकारी लिन सकिने बताए । कोषले आफनो सेवालाई सूचना मैत्री बनाउदै लगेको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने उनको भनाई थियो ।


क्लिकमान्डु