काठमाडौं महानगरपालिकाले उठायो ११ करोड घरबहाल कर, सरकारी कार्यालय पनि तिर्देनन्



काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको छ । आर्थिक वर्ष ७२/७३ मा काठमाडौं महानगरपालिकाले घरबहाल करबाट ११ करोड रुपैयाँ उठाएको हो ।

आर्थिक वर्ष ७१/७२ मा महानगरपालिकले १० करोड उठाएको थियो ।

महानगरपालिकाले व्यक्तिगत संरचनामा घरभाडा स्वरुप २ प्रतिशत र महानगरपालिकाले निर्माण गरेका संरचनाहरु, हाटबजार, अ‍ैलानी जग्गाहरुमा २ देखि २० रुपैयाँसम्म प्रतिवर्ग फिट घरबहाल कर उठाउने गरेको छ ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग महाशाखा प्रमुख ध्रुव काफ्ले आन्तरिक राजस्वको प्रमुख श्रोत बन्न सक्ने घरबाहल कर उठ्नु पर्ने भन्दा निकै कम उठेको बताए ।

घरबाहाल कर बाध्यतात्मक अवस्था भन्दा बाहेकले एकदमै न्यूनमात्रामा तिर्ने गरेको काफ्ले क्लिमाण्डूलाई बताए ।

‘अध्ययनका लागि विदेश जान आम्दानीको श्रोत देखाउनु पर्नेहरुले बाध्यात्मक रुपमा घरबाहल कर तिर्ने गरेका छन् भने व्यापारी, कर्मचारी, एनजियो, आइएनजियोमा काम गर्नेहरुले आम्दानीको श्रोत देखाउन पर्ने भएकाले घरबाहल कर तिर्ने गरेका हुन्,’ काफ्लेले क्लिकमाण्डूसँग भने ।

२०६८ सालको जनगणना अनुसार काठमाडौंमा महानगरपालिकामा २ लाख ५४ हजार घरधुरी रहेको थियो । तर महानगरपालिकामा १ लाख २३ हजार घर धुरीको मात्र नक्शा पास भएको छ । र, त्यसमध्य ६७ हजारले मात्र घरबाल कर तिर्ने गरेको काफ्लेले बताए ।

सरकारी निकायहरुमध्ये अतिकमले घरबहाल कर तिर्ने गरेको र धेरै जस्तो घरबहाल कर तिर्ने गरेको छैन् ।

व्यक्तिगत संरचनाहरु मध्येमा पनि घर भाडामा लगाएकाहरुले कम दरमा घर भाडामा लगाएको विवरण दिने गरेको तथा धेरै जस्तो व्यक्तिहरुले घर भाडामा नलगाउने गरेको विवरण पेस गर्ने भएकाले घर बहाल कर कम उठ्ने गरेको उनले बताए ।


क्लिकमान्डु