अमेरिकी कम्पनीसँग वायुसेवाले २ जहाज किन्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशसनसँग २ जहाज खरिद गर्ने निर्णय गरेको छ ।
निगमको संचालक समितिको बैठकले जहाज एआरसँग एअरबस ३२० खरिद गर्ने निर्णय गरेको हो ।

निगमले जहाज खरिदका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो ।

पुरानो जहाज खरिदको लागि बोलपत्र आह्वान गरेकोमा अमेरिकन कम्पनीले ब्रान्ड न्यू जहाज दिने प्रस्ताव निगमलाई गरेको थियो । निगमले २२ अर्ब ६३ करोड रुपैयाँमा जहाज खरिद गर्न लागेको हो ।

निगमले जहाज खरिदका लागि सरकारी तथा निजी बैंकसँग छलफल गरिरहेको छ । तरलता अभाव भएको कारण अहिले ब्याजदरमा भने टुंगो लाग्न बाँकी रहेको छ ।


पुष्प दुलाल