हाम्रो विकास बैंकको मर्जर प्रस्ताव अस्विकृत, २०० प्रतिशत हकप्रद सेयर दिने



काठमाडौं । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको हाम्रो विकास बैंकको साधारणसभाले मर्जर प्रस्ताव पुन अस्विकृत गरेको छ ।
बैंकको साधारण सभामा संचालक समितिबाट प्रस्तुत २५ प्रतिशत बोनस सेयर र १ बराबर २ अनुपातमा हकप्रद सेयर बितरण गर्ने प्रस्ताव पारित भए पनि अन्य बैंक तथा वित्तिय संस्थासँग मर्जरमा जाने प्रस्ताव भने अस्विकृत भएको हो ।
यसअघि हाम्रो विकास बैंक र ज्योती विकास बैंक एकआपसमा गाभिने गरी सम्झौता भए पनि अन्तिम अवस्थामा बिशेष साधारण सभामा सो प्रस्ताव फेल भएको थियो । त्यसकारण यसपटक भने मर्जरका लागि प्रक्रिया अघि बढाउन सन्चालक समितिलाई कुनै अधिकार दिने प्रस्ताव नै पारित भएन । बट्टार बजारमा शनिवार भएको बैंकको साधारणसभामा गत आर्थिक बर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय भएको छ ।
गतबर्ष पनि बैंकले १५ प्रतिशत बोनस दिएको थियो । हाल १२ करोड ५० लाख पुँजी रहेको सो बैंकले बोनसपछी चुक्तापुँजी १५ करोड ६२ लाख पुग्नेछ । त्यसपछी १ः२ अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछी चुक्तापुँजी ५४ करोड ८७ लाख पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार ३ जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्तापुँजी ५० करोड हुनुपर्नेछ । चालु आवको मुनाफाबाट बैंकले बोनस दिएपछी हाम्रो विकास बैंकले तोकिएको पुँजी पु¥याउने भएको छ ।
 


क्लिकमान्डु