अन्टारटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा अाईएमई



काठमाडौं । पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा पुर्याएका छन् । ४ जनवरी २०१७ मा उनले उक्त झण्डा फर्फराएका हुन् ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो ।

पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा पुर्याएका छन् ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १६ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लामा रेमिट्यान्स सेवा दिदै आएको छ ।


क्लिकमान्डु