पाँच महिनामा मार्जिन लेन्डिङमा जम्मा ६८ करोड कर्जा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिइने कर्जा दिन लगभग ठप्प बनाएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्ममा ३७ अर्ब ६६ करोड रुपैयाँ कर्जा दिएका थिए । पाँच महिनाको अवधीमा सेयर धितोमा जम्मा ६८ करोड रुपैयाँ कर्जा गएको छ ।

सेयर बजार ओरालो लाग्न शुरु गरेपछि सेयर धितोमा दिइने कर्जाको अनुपात पनि घट्दै जाने गर्छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा दिनको लागि आवश्यक पर्ने रकमको अभाव छ । कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको हुँदा बैंक तथा वित्तीय संस्थाले रियल इस्टेट तथा सेयर धितोमा दिइने कर्जा दिन लभगभ बन्द गरिसकेका छन् ।

पाँच महिनामा जम्मा सेयर धितोमा ६८ करोड कर्जा दिएपनि एक वर्षको अवधीमा भने यसमा जाने कर्जा अत्याधिक बढेको देखिन्छ । २०७२ मंसिर मसान्तसम्ममा २६ अर्ब ७५ करोड सेयर धितोमा कर्जा गएको थियो । यो वर्षको मंसिर मसान्त आइपुग्दा यसमा ३८ अर्ब ३४ करोड रुपैयाँ कर्जा गएको छ ।


क्लिकमान्डु