१० करोड खर्चेर काठमाडौंका गल्ली झिलिमिलि पारिँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका गल्लीहरु सौर्य बत्तीबाट झिलिमिलि पार्ने भएको छ।

महानगरले १० करोड रुपैयाँको लागतमा १,००० वटा सौर्य पोल जडान गरी काठमाडौंका गल्लीहरु झिलिमिलि पार्न लागेको हो ।

महानगरपालिकाका वरिष्ठ इन्जिनियर कमलवाबु श्रेष्ठका अनुसार एउटा पोल जडान गर्न १ लाख रुपैयाँ खर्च लाग्छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ६० प्रतिशत, काठमाडौं महानगरपालिकाको २५ प्रतिशत तथा उपभोक्ता समितिको १५ प्रतिशत सहभागितामा महानगरभित्रका सार्वजनिक सौर्य सडक बत्ती जडान गर्न लागिएको हो ।

सौर्य बत्ती जडान गर्नका लागि महानगरले मंगलबार सार्वजनिक सूचना नै प्रकाशित गरेको छ । सूचना अनुसार माघ १० गतेसम्ममा उपभोक्ता समितिहरुले महानगरमा आवेदन बुझाउनुपर्ने छ ।

इन्जिनियर श्रेष्ठका अनुसार निवेदन स्किृति भएपछि महानगरपालिकाले कूल लागतको १५ प्रतिशत हुन आउने रकम जम्मा गर्न उपभोक्ता समितिलाई पत्राचार गर्ने छ । उपभोक्ता समितिले बढिमा ५० वटा सौर्य बत्ति जडान गर्न सक्ने छन् ।


पुष्प दुलाल