६ महिनाम ओम डेभलपमेन्ट बैंकले १९ करोड कमायो



काठमाडौं । ओम डेभलपमेन्ट बैंक चालु आर्थिक बर्षको पुस मसान्तसम्म १९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा २९ करोड ८९ लाख रुपैयाँ छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा १२ अर्ब ९८ करोड निक्षेप संकलन गरी ११ अर्ब ३४ करोड कर्जा लगानी गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत छ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्राप्त गरिसकेको छ ।

आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले जानकारी दिए ।


पुष्प दुलाल