बैदेशिक सहयोगका आयोजनाको शोधभर्ना तत्काल लिनुुः मुख्यसचिब




काठमाडौं । बैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुले समयमै रकम दाबी नगर्दा करोडौं रकम गुमेपछि मुख्यसचिव डा. सोमलाल सुवेदीले त्यस्तो रकम तत्काल उठाउन कडा निर्देशन दिएका छन् ।

बैदेशिक सहयोगमा सञ्चालन भएका आयोजनाहरुलाई माघ १० गतेसम्ममा अपस्किृत परियोजना खाता तयार गरी महालेखा नियन्त्रकको कार्यालयमा पेस गर्न र शोधभर्ना लिन बाँकी रकम तत्कालै लिन मूख्यसचिवले लिखित निर्देशन दिएका हुन् ।

यो पनि पढ्नुहोस्- विकास आयोजनाले समयमै दाबी नगर्दा दाताले दिन्छु भनेको साढे ३० करोड अनुदान डुब्यो 

बैदेशिक सहायतामा सञ्चालित आयोजनाका प्रमुखहरुले समयमै शोधभर्नाका लागि दाबी नगर्दा नेपालले साढे ३० करोड रुपैयाँ रुपैयाँभन्दा बढी अनुदान सहयोग गुमाउनु परेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यस्तै समयमै बिबरण नबुझाएका कारण बैदेशिक ऋणमा संचालित परियोजनाहरुमा पनि त्यस्तो ऋण आउने गरेको छैन ।

महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार बैदेशिक ऋण र अनुदानसमेत गरेर ५० अर्ब रुपैयाँभन्दा बढी शोधभर्ना लिन बाँकी छ । सरकारले पहिला नै खर्च गरिसकेको तर विदेशी दातृ निकायले दिने प्रतिबद्धता अनुसार ऋण वा अनुदान दिन बाँकी रहेको रकम उठाउन मुख्य सचिबले निर्देशन दिएका हुन् ।

त्यसैगरी, मन्त्रालयहरुलाई बेरुजु फरछ्र्याेट कार्ययोजना बनाई फरछ्र्याेटगर्न पनि मूख्यसचिवको निर्देशन छ ।


पुष्प दुलाल