३ अंकले घट्यो नेप्से, होटेल समूहको सूचक भने ३५ अंकले बढ्यो



काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ३.०५ अंकले घटेर १४६३.०४ अंकमा अडेको छ ।

आज १ सय ३० कम्पनीका ८ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ३४ करोड २५ लाख रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा तीन समूहको परिसूचक हरियो देखिएको छ भने बाँकी सबै समूहको परिसूचक रातो भएको छ । सबैभन्दा धेरै होटल समूहको नेप्से परिसूचक ३४.८५ अंक र अन्य दुई बिकास बैंक र उत्पादन मुलक क्षेत्रमा क्रमस २.८५ र ०.३५ अंकले वृद्धि भएको हो ।

सबैभन्दा धेरै बीमा समूहको परिसुचक २२.७७ अंकले घटेको छ ।

कालिका माइक्रो क्रेडिट र ग्रिन विकास बैंकको ९.९४ र ९.८९ अंकले बढ्यो भने सिर्जना फाइनान्स र प्रोगेसिप फाइनान्सको ५.७५ र ५.२९ अंकले घटेको हो ।


पुष्प दुलाल