सुन तस्करीमा संलग्नलाई कारबाही हुन्छः महरा



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।

हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिएका हुन् ।

सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएको भन्दै अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती नै जारी गरेको छ ।

राजनीति पूर्वाग्रह राख्दै केही सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल