माघ ९ सम्म बिग सेल: नयाँ डिजाइनका जुत्ता पाइने



काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेला माघ ९ गतेसम्म आयोजना हुने भएको छ । पौष १४ गतेदेखि शुरु भएको यो मेलामा लाखौं उपभोक्ताहरुले आफूलाई मन पर्ने जुत्ता चप्पल खरिद गरिरहेका छन् ।

बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रि वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भिड लागेको हो ।

कम्पनीहरुले यस सिजनमा बनाइएको नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु बिग सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा १५ प्रतिशत देखि ७५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा रु. १५० देखि रु. १० हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।

उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानी विकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ।

मेलाको अन्त्यतिर धेरै भिडभाड हुने हुँदा सकेसम्म केहि दिन अगावै उपभाक्ताहरु मेलामा आउँदा छानी छानी विभिन्न कम्पनीका ब्राण्डहरु अवलोकन एवं खरिद गर्न सकिने हुँदा अन्तिम दिन नकुर्न आयोजकले उपभोक्ता माझ अपिल गरेको छ ।

यस वर्षको मेलामा विगतका वर्षहरुमा भन्दा बढि अवलोकनकर्ताहरु आएको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताए । उनले सन्तुष्ट ग्राहकहरुको नेपाली जुत्ता प्रतिको अगाढ माया र विश्वासलाई पूँजीको रुपमा लिदै आगामी दिनमा नयाँ नयाँ डिजाइन र गुणस्तर उत्पादनका लागी थप उर्जा प्राप्त गरेको स्पष्ट पारे ।

उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिएको आयोजकले जानकारी दिएको छ ।

शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलर जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् ।

यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।

कोही नझुक्किउन् र नठगीउन् भनेर उपभोक्ताहरुको हितलाई ध्यानमा राखी नेपाली जुत्ता घरमा उपलब्ध भएका सम्पूर्ण जुत्ता चप्पलहरुमा खुद्रा बिक्रि मुल्य अड्ढित गरिएको र नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गरिदै आएको छ ।

राष्ट्रिय नाचघर जमल स्थित मुख्य सोरुम सहित आप्mनो स्थापनाको ४ बर्षको अबधिमा नेपाली जुत्ता घरले आप्mनो सेवा बिस्तार गर्ने क्रममा महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी र बुद्धमल बालाजुमा गरी ४ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । बिग सेलको यो योजना नेपाली जुत्ता घरका सबै बिक्रि कक्षहरुमा समेत उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु