६ महिनामा सिटिजन्सको खुद नाफा ६३ करोड, ब्याज आम्दानी ८५ करोड



काठमाडौं । सिटिजन्स बैंकले पुस मसान्तसम्ममा ६३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको पुस मसान्तको तुलनामा २२ करोड रुपैयाँले मुनाफामा बृद्धि गरेको हो । बैंकको ग्रुपको नाफा भने बैंकको भन्दा कम छ । पुस मसान्तसम्ममा ग्रुपको नाफा ६० करोड ७६ लाख रहेको छ ।

बैंकले ब्याज आम्दानी मार्फत ६ महिनामा ८५ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको खराब ऋण वापत भने बैंकले ६९ करोड कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको रिर्टन अन इक्युटी(आरओई) भने घटेको छ । ५ अर्ब ५३ करोड चुक्ता पुँजी भएको बैंकले पुस मसान्तसम्ममा ५२ अर्ब ५७ लाख निक्षेप संकलन गरेर ४६ अर्ब ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

राष्ट्र बैंकको नियम अनुसार बैंकको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको देखिन्छ । पुस मसान्तमा बैंकको सीडी रेसियो ७९.४० प्रतिशत छ । यसले बैंकलाई नयाँ कर्जा प्रवाह गर्न कठिनाई भएको देखाउँछ ।


क्लिकमान्डु