एनआईसी एशियाको नाफा ७२ करोड, ३२ करोड खराव कर्जा उठ्यो



काठमाडौं। एनआईसी एशियाले पुस मसान्तसम्ममा ७२ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तभन्दा बैंकले नाफामा २२ करोडले बृद्धि गरेको हो । अघिल्लो वर्षको पुस मसान्तमा बैंकले ५० करोड २० लाख नाफा गरेको थियो ।

१ अर्ब १५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले अघिल्लो वर्षको नउठेको ऋण वापत ३२ करोड उठाएको छ । चुक्ता पुँजी ५ अर्ब ८१ करोड रहेको बैकले पुस मसान्तसम्ममा ७९ अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६६ अर्ब गरेको छ ।

बैंकको सीडी रेसियो पुस मसान्तमा ७८.४० प्रतिशत रहेको छ ।


क्लिकमान्डु