बालबालिकाको खेलौनामा हुने घातक तत्व र रसायनहरुको मापदण्ड जारी



काठमाडौं । सरकारले बालबालिकाहरुले खेल्ने खेलौनाहरुमा गर्हुङ्गो धातु लगायत अन्य रसायनहरुको मापदण्ड जारी गरेको छ । सरकारले माघ ३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बालबालिकाहरुका लागि प्रयोग हुने खेलौनामा हुने गर्हुङ्गो धातु लगायतका तत्व तथा अन्य रासायनिक पदार्थहरुको मापदण्ड तोकेको हो ।

तोकिएको मापदण्ड भन्दा बाहिरका खेलौनाहरुको नेपालभित्र आयात, भन्डारण, विक्रि वितरण, उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयले जारी गरेको सुचनाअनुसार खेलौनाहरुमा रसायनको मात्रा परीक्षण गर्ने प्रविधीसंगै आयात गर्दा सम्बन्धित मुलुकको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट प्रत्येक ब्याच परीक्षण गरी जारी गरीएको प्रयोगशाला प्रतिवेदन मापदण्ड अनुसार भएमा मात्र आयात गर्न पाईने व्यवस्था पनि गरीएको छ ।

स्वदेशी उत्पादकको हकमा उत्पादकले प्रत्येक ब्याच पिच्छे खेलौनाहरुको सरकारी मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराई मापदण्ड अनुसार भएमा मात्र विक्रिवितरण गर्न पाईने ब्यवस्था समेत गरेको छ ।

बालबालिकाको खेलौनाहरुमा १२ वटा अति घातक तत्व तथा रसायनहरुको तोके बमोजिमको अधिकतम मात्रा भन्दा बढी नहुने गरी राजपत्रमा सुचना प्रकाशित गरी बाध्यकारी मापदण्ड तोकेको छ । सरकारले तोकेको मापदण्डअनुसार खेलौनामा क्याडमियम, क्रोमियम, लिड, मर्करी, जिंक, एन्टीमोनी, आर्सेनिक, ब्यारियम, सेलेनियम, ब्रोमाइन, बिस फनोल ए र पाइथालेटस्को मापदण्ड तोकेको छ ।

खेलौनाको वर्गिकरण

सरकारले जारी गरेको मापदण्डमा १६ वर्षसम्मका उमेर समूहका बालबालिकाहरुले खेल्नका लागि प्रयोग गर्ने विभिन्न बस्तुहरुलाई खेलौनामा वर्गिकरण गरेको छ । सो वर्गिकरणअनुसार निर्माण गरी तथा बनाई खेलिने, पुतलीहरु तथा लघु स्वरुपमा निर्माण गरिएका, उड्ने, गुड्ने तथा चल्ने, पजल समाधान गर्ने, संकलन गरी तथा बाँडेर खेलिने, विज्ञापन तथा प्रचार प्रसारका लागि बनाइने, विद्युतीय तथा यान्त्रीक उपकरणहरु प्रयोग भई बनेका तथा लेखेर तथा मेटेर खेल्ने खेलौनामा नयाँ मापदण्ड तोकिएको हो ।

नयाँ मापदण्डअनुसारका खेलौनाहरु भए नभएको परीक्षण पनि गरिने तथा त्यसको लागि परीक्षण विधिबाट परिक्षण गर्दा उल्लेखित रसायन तथा तत्वहरुको अधितम मात्रा तोकिएको मापदण्ड बमोजिम हुनुपर्ने उल्लेख छ ।

मापदण्डको आभावमा ससाना बालबालिकाहरु विभिन्न घातक रसायनहरुको निरन्तर सम्र्पकमा आइरहनुपर्ने अवस्थाको अन्त्य गर्न अति आवश्यक भएको हुँदा मापदण्ड तोकिएको मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले बताए । ‘नयाँ मापदण्डले रसायनयुक्त खेलौनाहरु संग बालबालिकाको खेल्ने अवस्थाबाट टाढै राखी पुर्णरुपमा बौद्धिक, मानसिक तथा शारीरीक विकास हुन पाउने वातावरणको सिर्जना गर्ने छ,’ उनले भने ।

नयाँ मापदण्डको बारेमा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले विगत ३ वर्षदेखि मापदण्ड बनाउन पहल गरिएकोमा अहिले आएर मापदण्ड बन्नु सकारात्मक भएको बताए । ‘मापदण्डले बालबालिकाको सुरक्षित खेल्न पाउने अधिकार सुनिश्चित गर्नुको साथै यसबाट स्वास्थ्य र वातावरणमा पार्ने असरहरुलाई समेत न्यूनिकरण गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

नमूना सर्वेक्षण

बालबालिकाको खेलौनामा घातक तत्व र रसायनहरुको बारेमा सन् २०१३ मा जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्दले गरेको एक अध्ययनमा जम्मा १०० नमूना मध्ये ५४ ५ बालबालिकाको खेलौनामा स्वास्थ्यको हिसाबले अत्यन्त हानीकारक मानिने गह्रौ धातुहरु लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमीन पाईएको थियो । जसको मात्रा कम्तिमा ३.६ पि.पि.एम. देखि ८३०५.८ पि.पि.एम.सम्म रहेको थियो ।

प्राप्त नमूनाहरुमा २८ वटामा लेड (सिसा), १ वटामा मर्करी (पारो), ९ वटामा क्याडमियम, १४ वटामा क्रोमियम तथा ४० वटामा ब्रोमिन भेटिएको थियो । ५४५ नमुनामा कम्तिमा कुनै १ रसायन, २७५ मा कम्तिमा कुनै २ रसायन, ११५ मा कम्तिमा कुनै ३ रसायन, १ ५मा भने चारवटा सम्म रसायन भेटिएको थियो ।

यस्ताे छ राजपत्रकाे सूचना-

बालबालिकाको खेलोनाको मापदड सम्बन्धी (1)

 


क्लिकमान्डु