स्वास्थ्य मन्त्रालयमा ६८५ जनालाई जागिर खुल्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा ६ सय ८५ स्वास्थ्यकर्मीलाई जागिर खुलाएको छ । मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो ।

निर्देशनालयले सूचना प्रकाशित गरी करारका लागि स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियनलगायतमा मन्त्रालयले आवेदन खुला गरेको हो ।

मन्त्रालयले अन्तर्वाताको माध्यमबाट स्वास्थ्यकर्मी करारमा नियुक्ति गर्ने बताएको छ । स्थायी पदपूर्ति भएपछि स्वत बदर हुने पनि मन्त्रालयले सूचनामा जनाएको छ ।

न्युनतम शैक्षिक योग्यता पुगेकाहरुले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले तोकेका स्थानबाट फाराम बुझाउन सक्नेछन् ।

परिक्षा शुल्क सहायक चौथोका लागि १०० रुपैयाँ र सहायक पाँचौका लागि १५० रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले ६० जना स्टाफ नर्सका लागि आवेदन खुलाएको छ । सूचना प्रकाशन भएको मितिले १५ दिनभित्रमा आवेदन दिन सकिनेछ ।


पुष्प दुलाल