अर्थमन्त्री भन्छन्- ‘ब्रेक थ्रु’ गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गर्छु



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रके थ्रु गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गरेरै छाड्ने दाबी गरेका छन् ।

‘देख्दाखेरी सबैलाई पुँजीगत खर्च कसरी बढ्ला र भन्ने लागेको हुनसक्छ । परम्परागत ढंगले काम गर्ने हो भने त पुँजीगत खर्च हुँदैन पनि । त्यसैले ब्रेक थ्रु गरेरै भएपनि चालू आर्थिक वर्षमा ८० प्रतिशत बढी पुँजीगत गर्छ गर्छु,’ अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री महराले दाबी गरे ।

समृद्ध नेपालको लागि दिगो आर्थिक विकासे तत्कालीन कार्यान्वयन कार्ययोजना सार्वजानिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा महराले यो वर्ष ८० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गरेर देखाउने दाबी गरेका हुन् ।

‘माघ र फागुन महिनामा खर्च बढ्न सक्ने भएकाले हामी पर्ख र हेरको अवस्थामा छौं । यदि सो समयमा पनि खर्च बढेन भने ब्रेक थ्रु गर्छौं,’ महराले भने ।

चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ११ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको छ । तर, आर्थिक वर्षको ६ महिना वितिसक्दा पनि त्यसको १३ प्रतिशत अर्थात् ४१ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विगतका वर्षहरुमा पुँजीगत बजेट खर्च हुन नसकेको भन्दै संविधानले नै पुँजीगत बजेटलाई प्रभावकारीरुपमा खर्च गर्ने उद्देश्यले जेठ १५ गते बजेट ल्याउन संविधान मै मिति तोकेको थियो । जसअनुसार जेठ १५ गते नै सरकारले बजेट त ल्यायो तर पुँजीगत खर्चको अवस्था भने विगतका वर्षहरुजस्तै रह्यो ।

यसअघि नै प्रधानमन्त्री प्रचण्डले चालू आर्थिक वर्षमा ८० प्रतिशत बढी पुँजीगत खर्च गर्न अर्थमन्त्रीलाई निर्देशन दिइसकेका छन् ।

परम्परागतटपमा काम गर्दा सरकारले लक्ष्य गरेअनुसारको पुँजीगत खर्च नहुने भन्दै अर्थमन्त्री महराले ब्रेक थ्रु गर्ने बताएका हुन् । तर, कसरी खर्च बढाउने भन्ने बारे उनले प्रष्ट पारेका छैनन् ।

‘माघ र फागुन महिनामा खर्च बढ्न सक्ने भएकाले हामी पर्ख र हेरको अवस्थामा छौं । यदि सो समयमा पनि खर्च बढेन भने ब्रेक थ्रु गर्छौं,’ उनले भने ।

आफू सञ्चारमन्त्री हुँदा खेरी हातहातमा मोवाइल भन्ने अभियान सञ्चालन गर्दा कसैले पनि त्यो कार्यान्वयन हुन नसक्ने बताएको तर त्यो पुरा भएको अर्थमन्त्री महराले स्मरणसमेत गराए ।

‘पुँजीगत खर्च बढाउनका लागि म निकै गंभीर छु यो वर्ष सबैलाई फरक अनुभूति हुनेछ,’ उनले भने ।

सम्बन्धित समाचारहरु

बजेट आउने मिति फेरियो तर खर्च गर्ने प्रवृत्ति उस्तै 

खर्च गर्न असफल तर राजस्व उठाउन सफल

‘विकास बजेट खर्च नगरेको अभियोगमा जेल हाल्न मिलेन’ अर्थसचिब डा. सुबेदी 


पुष्प दुलाल