पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन, ६ महिनामा ३ अर्ब ३४ करोड उठ्यो



पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले २ अर्ब ६५ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ १ अर्ब ६० करोड ५६ लाख, आयकरतर्फ ९९ करोड ७५ लाख, मूल्यअभिवृद्धि करतर्फ ४९ करोड ४३ लाख, घर भाडा करतर्फ आठ करोड २९ लाख, स्वास्थ्य सेवा करतर्फ ४ करोड ५ लाख तथा शिक्षा सेवा करतर्फ दुई करोड ४० लाख राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख ११ हजार ५०० करदाता रहेका छन् । ६९ हजार ८०० करदातासँग व्यावसायिक स्थायी लेखा नम्बर र ४१ हजार ७०० सँग व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता रहेका छन् ।

रासस


क्लिकमान्डु