क्यान इन्फोटेकको तयारी पुरा, २ सय २२ स्टल राखिने



काठमाडौं । क्यान महासंघले आयोजना गर्न लागेको “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ” को तयारी पुरा भएको जानकारी दिएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन गरिने सो प्रदर्शनीमा माघ १३ देखि १८ गते सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको हो । सो प्रदर्शनीमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहने जानकारी दिएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई.सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् रहेका छन् ।

क्यान इन्फोटेकमा सामसुङले नेपालका लागि विशेष फिचर र डिजाइनसहितका विभिन्न फोनहरु प्रदर्शन गर्नुका साथै सि नाइन प्रो र ए सेभेन मोडलका फोनहरु राख्नेछ । नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ फोरजीको बारेमा जानकारी दिनेछ भने डिजिटल सिस्टम खल्तीले प्रदर्शनीको अवसर पारेर आफ्नो सेवा शुरु गर्नेछ ।

सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिनतम हाल प्रदान गरिरहेका सेवाहरुमा विशेष छुट तथा जानकारी प्रदान गर्ने छ ।

यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा हाइ स्पीड इन्टरनेटकाे बारेमा जानकारी दिनेछन भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउंदैछन् । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुने क्यानले जानकारी दिएको छ ।

प्रदर्शन अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००/– र विद्यार्थीहरुलाई रु ५०/– तोकिएको छ भने माघ १७ गतेलाई ‘विजनेश डे’ को रुपमा घोषणा गरिएको छ । क्यान महासंघले अनलाईन टिकटको व्यवस्था मिलाएको छ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ ।

यसैबिच क्यानले इन्फोटेकको अवसर पारेर आई सीटी सम्मेलन गर्न लागेको छ । क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ भने यसमा स्मार्ट सिटी, स्मार्ट भिलेज, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशनलगायतका विषयमा छलफल हुनेछ ।


क्लिकमान्डु