आईएमईले ल्यायो कस्टमर कार्ड, प्रयोगकर्ताले बोनस पोईन्ट र उपहार जित्न सक्ने



काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको जनाएको छ ।

यो योजना यहि १ माघ देखि २०७४ असार मसान्तसम्म लागु हुनेछ । जस अन्तर्गत कस्टुमर कार्ड प्रयोगगरी अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्कप्राप्त हुनेछ ।

निश्चित बोनसअङ्कमा तोकिएको उपहार प्राप्तगर्न सकिनेछ । साथै बोनसअङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्तगर्न सकिनेछ ।

पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनसअङ्क वापत प्राप्तगर्न सकिने उपहारहरू हुने बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु