सुबिसुले गल्फ प्रतियोगिता आयोजना गर्दै



काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क  सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले जनवरी यहि माघ ८ गते शनिबार रोयल नेपाल गल्फ क्लबमा ‘सुबिसु इन्भिटेशनल’ गल्फ प्रतियोगिता २०१७ आयोजना गर्ने भएको छ ।

सुबिसु केवलनेटल पहिलो पटक आयोजना गर्न लागेको सुबिसु इन्भिटेशनल गल्फ प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्पोरेट तथा व्यापारिक पृष्ठभूमिका लगभग ६० गल्फ खेलाडीहरुले भाग  लिने जानकारी दिएको छ । सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले सो गल्फ प्रतियोगितामा आयोजना गर्नुको प्रमुख उद्देश्य नेपालमा करपोरेट क्षेत्रमा गल्फको प्रचार र विकास गर्नू भएको बताए ।

खेल स्टाबल फोर्ड फम्र्याटमा खेलाईने छ जुन महिला र पूरुष गरी दुई भागमा विभाजित छ । विजेताहरुलाई ट्रफि र पुरस्कार प्रदान गरीने  बताईएको छ । अतिथि तथा गैर गल्फरका लागि पनि छुटै पुटिंग प्रतियोगिताको आयोजिना गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु