टोयोटाको जेनियुन पार्टसको आउटलेट कुलेश्वरमा



युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले काठमाडौंको कुलेश्वरमा जेनियुन मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ ।

कम्पनीले जनाए अनुसार आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् ।

अँग्रेजी नयाँ बर्षको अबसर पारेर नयाँ आउटलेट संचालनमा ल्याएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

युटीएसका अनुसार ग्राहकलाई सजिलै पर्टसको उपलव्धता होस् भन्ने हेतुले यो आउटलेट खोलिएको हो । यस आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेनियुन मोटर आयल समेत खरिद गर्न सक्ने छन् ।

नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकारात्मक प्रतिक्रिया र माग बमोजिम नै कुलेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु