प्रभु बैंकलाई आस्वाको अनुमती




काठमाडौं। प्रभु बैंकले धितोपत्र बोर्डबाट आस्वाको अनुमती प्राप्त गरेको छ ।

बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदाका बखत सेयर खरिदको लागि लाइन बस्नुपर्दैन । जस अनुसार बैंकको र्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए बमोजिमको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राख्ने व्यवस्था मिलाइएको हुन्छ ।

सेयर बाँडफाँड भए पश्चात सेयर भर्ने व्यक्तिको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खातामा पाउने छन् ।


क्लिकमान्डु