आठौ मेक्स एनुअल अवार्डको ‘ब्रोकर अफ दि ईयर’ उपाधि सोनाटालाई




काठमाडौं । मर्कन्टायल एक्सचेन्ज (मेक्स) ले कारोबारको लागि अर्को क्षेत्रको रुपमा अप्सन ट्रेडिङ्ग उपलब्ध गराउने भएको छ । मेक्सले आयोजना गरेको मेक्स अवार्ड २०१६ को अबसरमा सो जानकारी दिइएको हो ।

अव नेपालका कमोडिटी कारोबारीहरुले माघ १० गतेदेखि अप्सनमा समेत कारोबार गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको अप्सन कारोबार नेपालमा भने मेक्सले पहिलो पटक सुरु गर्न लागेको हो । हाल मेक्सले अपसन करोबार एन्ड्रोइड भर्जनमामात्र उपलब्ध गराएको छ ।

मेक्सले बजार सहभागीहरुलाई प्रोत्साहित गर्न र स्वच्छ प्रतिस्पर्धालाई स्थापित गर्न शनिबार मेक्स एनुअल अवार्ड २०१६ को आयोजना गरेको हो ।

कार्यक्रको प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्बमन्त्री कमल थापा थिए । यो कार्यक्रम मेक्सले आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा गरेको हो । मेक्सले आफ्ना ब्रोकरहरुको निष्ठा, परिश्रम, क्षमता तथा कार्यकुशलतालाई पहिचान गराउन यो कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आइरहेको छ ।

वार्षिक अवार्ड कार्यक्रममा बिभिन्न ब्रोकरहरुलाई ९ बिधामा पुरस्कृत गरिएको थियो । साथै विशिष्ट योगदान दिने अन्य बिभिन्न सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको थियो ।

यसरी सम्ममानित हुनेहरुमा ब्रोकर अफ द इयर सम्मानबाट सोनाटा इन्भेष्टमेन्ट, एक्जिक्युटिभ अफ द इयरबाट रामकुमार शाह, मोष्ट कन्सिस्टेन्ट ब्रोकरबाट लिमा इन्भेष्टमेन्ट, मोष्ट लोयल ब्रोरक सम्मानबाछ मोनिटरी इन्भेष्टमेन्ट र बेष्ट इमर्जिङ ब्रोकर सम्मानबाट पायोनियर इन्भेष्टमेन्ट सम्मानित भएका हुन् ।

बेष्ट इन एथिक्स एण्ड कम्प्लाइन्स सम्मानबाट मनि प्लस एण्ड सेक्युरिटिज, बेष्ट स्टाटअप ब्रोकरबाट इन्भाइसेज इन्भेष्टमेन्ट, बेष्ट इनमार्केट एक्सप्यान्सनबाट डिभाज्न इन्भेष्टमेन्ट र बेष्ट इन कस्टमर फोकस सम्मानबाट संसार इन्भेष्टमेन्ट प्रालि सम्मानित भएका छन् ।


क्लिकमान्डु