पर्यटन बोर्डमा २५ अधिकृतलाई जागिर खुल्यो




काठमाडौं । नेपाल पर्यटन बोर्डले २५ जना अधिकृतलाई जागिर दिने भएको छ । पर्यटन बोर्डले सूचना प्रकाशित गरी २५ जना अधिकृतलाई जागिर खुलाएको हो ।
बोर्डले खुल्ला तर्फ १४, महिला ४, आदिवासी÷जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ जनालाई जागिर खुलाएको हो ।

अधिकृत पदका लागि स्नातकोत्तर उत्र्तीण गरेको, २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष) सम्मले आवेदन दिन सक्ने छन् ।

अधिकृत पदका लागि लिखित परीक्षा, सीप परीक्षण, सामूहिक छलफल र अन्तरवार्ताको माध्यमाबाट छनोट गरिने बोर्डले जानकारी दिएको छ ।

परीक्षाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको नेपाल पर्यटन बोर्डको चल्ती खाता नम्बर ००१०१००३०२१८ मा १ हजार रुपैयाँ र समावेशीमा प्रतिसमूह थप ५ सय रुपैयाँ बुझाई सोको सक्कल भौचर दरखास्त फारमका साथ बोर्डको पदपूर्ति समितिको सचिवालयमा पेश गर्नुपर्ने छ ।

बोर्डले २०७३ माघ १० गते पहिलो पटक सुचना प्रकाशित गरेको हो । आवेदन फारमहरु बोर्डको वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने जानकारी दिइएको छ । योग्य नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा र साथै दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त फारम बुझाउन सक्ने छन् ।


क्लिकमान्डु