धितोपत्र बोर्डको अबको ध्यान इन्भेष्टमेन्ट कम्पनीतर्फ केन्द्रीत, प्रारम्भिक अध्ययनमै भेटियो यस्तो बेहाल




काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीहरुले अनधिकृत रुपमा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।

कम्पनीहरुले सेयरमा लगानी गर्ने उद्देश्य नराखिकन कम्पनी दर्ता गरेको, एउटै ब्यक्ति प्रमुख कार्यकारी अधिकृत रहेका धेरै कम्पनी रहेको जस्ता कैफियत देखिएको बोर्डले जानकारी दिएको छ ।

‘अहिले करिब १ हजार इन्भेष्टमेन्ट कम्पनीले सेयर बजारमा लगानी गरिरहेका छन्, यसमध्ये एक तिहाइ भन्दा पनि कम (करिब ३ सयवटा) ले मात्रै कम्पनीको उद्देश्यमा सेयर बजारमा लगानी गर्ने राखेको देखियो,’ बोर्डले गरेको प्रारम्भिक अध्ययनले देखाएको विषयबारे जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकै ब्यक्ति प्रमुख कार्यकारी अधिकृत बनेको २० वटा सम्म इन्भेष्टमेन्ट कम्पनी भेटिएको बोर्डको भनाइ छ ।

बजारमा कस्ता लगानीकर्ताहरुको उपस्थिति एवम् संलग्नता रहेको छ भन्ने तथ्य यकिन गर्न बोर्डले यस्तो प्रारम्भिक अध्ययन गरेको थियो । धितोपत्रको दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थिति पत्तालगाई त्यस्ता कम्पनीहरुको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले दोस्रो बजारमा इन्भेष्टमेन्ट कम्पनी सम्बन्धी प्रारम्भिक अध्ययन गरिएको हो ।

बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीहरु सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्यआधार बनाइएको बोर्डले जानकारी दिएको छ ।

बजारमाअन्य संस्थागत लगानीकर्ता तथा धितोपत्रव् यापारीको समेत अभाव भएको हालको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डले ठहर गरेको छ ।

यसको लागि प्रारम्भिक अध्ययनबाट लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पँुजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधि समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ ।


क्लिकमान्डु