अब भारतमा रोजगारीमा जान पनि सरकारको अनुमति अनिवार्य




काठमाडौ। अबदेखि भारतमा रोजगारीमा जानको लागि पनि सरकारको अनुमति लिनुपर्ने भएको छ । सरकारले आज गरेको घोषणा अनुसार बैदेशिक रोजगारीका लागि भारतजानको लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ । यसले भारतमा रोजगारीमा जाने लाखौ कामदार प्रभावित हुने देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बैदेशिक रोजगारीको बारेमा नयाँ घोषणा गर्दै भारत काम गर्न जादा अनिवार्य अनुमति लिनु पर्ने घोषणा गरेका हुन् । यस्तै सरकारले बैदेशिक रोजगारीमा जानेहरुको बीमा ५ लाखको घातक रोगको बीमा थपेको छ ।

प्रधानमन्त्री दाहालले बैदेशिक रोजगारको बारेमा कार्यक्रम घोषणा गर्दै बीमाको रकम २० लाख रुपैयाँ पु¥याएको जानकारी दिए । बैदेशिक रोजगारमा गएकाहरुको जोखिम न्यूनिकरणको लागि सरकारसँग कदम चाल्न माग गर्दै आएका थिए । फाल्गुन १ देखि लागु हुने व्यवस्थामा स्वास्थ्य बीमा अन्तर्गत १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको छ ।

यस्तै सरकारले बीमाको आय नोक्सानीको लागि २ लाख कामको क्रममा विदेशमा मृत्यु भएमा १ लाख क्रिया खर्चको लागि उपचारको १ लाख तथा नेपालमा शव ल्याउनको लागि १ लाख उपलब्ध गराउने घोषणा गरेको छ ।


क्लिकमान्डु