हेर्नुस् त, यो आइफोन हो कि बन्दुक ?



काठमाडौं । अमेरिकी कम्पनीले आइफोन जस्तै देखिने बन्दुक निर्माण गरेको छ ।

लाइसन्सप्राप्त अमेरिकी नागरिकले ३ सय ९५ अमेरिकी डलर अर्थात् ४० हजार नेपाली रुपैयाँमा किनेर उक्त बन्दुक बोक्न सक्नेछन् ।

बन्दुक निर्माता कम्पनीले आत्मरक्षाका लागि यस्तो बन्दुक निर्माण गरिएको जनाएको छ । सो बन्दुक फोल्ड गर्दा ठ्याक्कै आइफोन जस्तै देखिन्छ ।

मोबाइल जस्तै देखिने भएकाले अपराधीहरुले तस्करी गरेर अमेरिका बाहिर पठाउन लैजान सक्ने आशंका गरिरहेको छ ।

लुकाउन सजिलो हुने भएकाले अपराधीहरुको प्राथमिकतामा सो बन्दुक पर्ने सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बारम्बार भइरहेको आतंककारी हमलाबाट आक्रान्त भएका युरोपका प्रहरी सो बुन्दकका कारण तनावमा आएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चार माध्यमहरुका अनुसार प्रहरीलाई पनि यो आइफोन हो कि बन्दुक हो भनेर पहिचान गर्न मुस्किलन हुने भएकाले प्रहरीहरु तनाबमा आएका हुन् ।


पुष्प दुलाल