भन्सार नियम समयानुकुल परिवर्तन हुन्छ : उपप्रधानमन्त्री महरा



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भन्सार नियम समय अनुकल परिवर्तन हुन पर्ने बताएका छन् ।

उनले ६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित भन्सार सम्बन्धी अन्र्तक्रियामा सो कुरा बताएका हुन् ।

‘नेपालको भन्सार ऐन बजेटको समयमा मात्र परिवर्तन हुने गरेको छ, ऐन समय अनुकुल परिवर्तन हुनुपर्छ,’ उनले भने ।

अब आउने बजेटमा भन्सार ऐन परिवर्तन गर्ने पनि उनले बताए ।
देशको आर्थिक मेरुदण्ड व्यवसायीहरु भएकाले उनीहरुको हक र हित अनुरुप भन्सार नियम संशोधन गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

भन्सार विभाग महानिर्देशक शिशिर कुमार डुङ्गानाले व्यवसायीहरुको माग अनुसार भन्सार नियम संशोधन हुने बताए ।

यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले व्यपारीहरुलाई अपराधी जस्तो व्यवहार गर्ने गरेको आरोप लगाए ।


क्लिकमान्डु