प्राथमिक निष्काशनको रकम राष्ट्र बैंकमा जम्मा पार्नु नपर्ने




काठमाडौैं । पब्लिक कम्पनीहरुले सार्बजनिक निष्कासन (सेयर जारी गर्दा) संकलन भएको रकम राष्ट्र बैंकमा जम्मा गरिरहनु नपर्ने भएको छ । बजारमा तरलता अभाब भएको र सार्बजनिक निस्कासनमा आस्बा प्रणाली लागू भइसकेकोले यस्तो ब्यवस्था हटाइएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा (४) मा ‘धतोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको छ कार्यदिन भित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तिमा छ कार्यदिनको लागि जम्मा गर्नुपर्नेछ । यसरी नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्नुपर्नेछ,’ भन्ने ब्यवस्था थियो ।

यस्तो ब्यवस्थाले गर्दा बजारमा तरलतामा प्रभाव पार्न सक्ने अवस्था रहेको धितोपत्र बोर्डको भनाइ छ । ‘हाल बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय अवस्था बारे राष्ट्र बैंकमा विवरण पेश गर्नुपर्ने व्यवस्था बमोजिम गरिरहेको र सार्वजनिक निष्काशनमा बोर्डले आस्बा प्रणाली लागू गरिसकेको परिप्रक्ष्येमा उक्त व्यवस्था कायम राखिराख्न आवश्यक नदेखिएकोले निर्देशिकाको उक्त व्यवस्थालाई हटाउने निर्णय भएको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु