प्रतिकित्ता १६ सय २० रुपैयाँमा एफपिओ जारी गर्न शिखरले माग्यो अनुमति



काठमाडौं। शिखर इन्सुरेन्सले पुन सर्वसाधारणका लागि सेयर जारी(एफपिओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । शिखरले प्रिमियम अंकित मुल्य रु एक सयमा प्रिमियम मुल्य १५ सय २० रुपैयाँ थपेर एफपिओका लागि अनुमती मागेको हो ।

यसभन्दा अगाडिपनि शिखरले एफपिओ जारी गरेको थियो । चुक्ता पुँजीमा सर्वसाधारणको हिस्सा ४० प्रतिशत पु¥याउनका लागि एफपिओ ल्याउन लागिएको जानकारी शिखरले दिएको छ ।

अहिले ८१ करोड चुक्ता पुँजी रहेको शिखरले पुस मसान्तसम्ममा १८ करोड नाफा गरेको छ ।


क्लिकमान्डु